नियम ९
प्राविधिक ज्ञान तथा सेवा र आर्थिक सहयोग प्रदान गर्ने –
(१) संरक्षित जलाधार क्षेत्रभित्र परेको निजी स्वामित्वको जग्गामा बाढी, पैह्रो, भू–क्षय जस्ता प्राकृतिक प्रकोपको रोकथाम वा नियन्त्रण गर्ने, बाँध, गल्छी नियन्त्रण, तटवन्ध, गरा सुधार, कुलो, सहायक कुलो, ढल, टेवा दिने पर्खाल,
पोखरी र त्यस्तो अन्य आवश्यक बनोटको निर्माण गर्न तथा त्यसको स्याहार सम्भार गर्नु पर्ने भएमा त्यस्तो काम जग्गाधनी आफै“ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको काम गर्न आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा र आर्थिक सहयोग चाहेमा कामको योजना, आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा र आर्थिक विवरण खोली सम्बन्धित जग्गाधनीले अनुसूची–३ बमोजिमको ढा“चामा जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम परेको निवेदनमा जलाधार संरक्षण अधिकृतले आवश्यक जा“चबुझ गरी आफ्नो राय सहित निकासाको लागि विभागमा लेखी पठाउनु पर्नेछ । (४) उपनियम (३) बमोजिम लेखीआएपछि विभागले आवश्यक देखेमा पुन जा“चबुझ
गरी गराई यथाशीघ्र निकासा दिनु पर्नेछ ।